+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वाग्मती अभियान रोकिएपछि घरवरिपरि सफाइ गर्दै अभियन्ता

शर्मिला पण्डित शर्मिला पण्डित
२०७६ चैत २९ गते ११:५१

२९ चैत, काठमाडौं । कोरोना भाइरस (काेभिड-१९)को त्रास नेपालमा नभएको भए हरेक शनिबार जस्तै आज पनि सफाइ अभियान्ता, समाजसेवी र प्रहरीहरू वाग्मती, विष्णुमती, हनुमन्ते तथा मनोहराजस्ता नदीको सफाइमा व्यस्त हुन्थे । आज तीन सय ६१ औं हप्तामा यी नदीहरुमा सफाइ भइरहेको हुन्थ्यो ।

तर, कोरोना भाइरसको संक्रमण रोक्न अहिले सरकारले देशव्यापी लकडाउन गरेको छ । त्यसैले नदी सफाइका लागि अभियन्ता जुटन पाएका छैनन् । प्रत्येक शनिबार मास्क, पञ्जा र बुट लगाएर दुई घन्टा नदी सफाईमा खट्ने उनीहरुको तालिका प्रभावित बनेको छ ।

चर्को घाम लाग्दा होस या ठूलो वर्षात् हुँदा पनि बिहानै नदी-किनार सफाइमा निस्कने अभियान्ताहरु यतिबेला आ-आफ्ना घरभित्रै छन् । अहिले उनीहरु नदीमा निस्कन नपाए पनि साप्ताहिक सरसफाइलाई भने निरन्तरता दिइरहेको बताउँछन् । आफ्नो घरवरिपरि सार्वजनिक स्थानहरुको सरसफाइमा उनीहरु जुटिरहेका छन् ।

विगतमा विभिन्न ठाउँहरुमा टोल सुधार समिति, महिला समूहलगायतले सरसफाइ अभियान चलाउँथे । अहिले महामारीविरुद्ध सतर्कताका हिसाबले पहिलेको मोडालिटी परिवर्तन गरिएको छ ।

यसअघि समूहमा मिलेर सरसफाइमा जुट्ने गरिएकोमा अहिले एक्लाएक्लै अभियानलाई निरन्तरता दिइएको सफाइ अभियान्ता गोविन्द काफ्लेले बताए ।

‘अहिले घर वरिपरि सफा गर्ने अभियान सुरु गरिएको छ । घर अगाडिको सार्वजनिक स्थान र सडकको सफाइमा जुटेका छौँ,’ अभियन्ता काफ्लेले भने ।

झण्डै ७ वर्षदेखि वाग्मती सफाइ महाअभियानमा सक्रिय डा. लक्ष्मी पौडेल आफनो बासस्थान, टोल वरिपरि सफा गर्नु पनि वाग्मती सफाइ अभियानको एउटा पाटो भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘हामी अभियान्ताहरुले आफ्नो ठाउँबाट ठूलो संख्यामा भेला नभई व्यक्तिगत रुपमा एक घण्टा सरसफाइ गर्ने गरेका छौँ।’

नदीमा फोहोर घट्यो

लकडाउनपछि काठमाडौं उपत्यकामा बग्ने खोला, नालामा फोहोर निकै कम भएको छ । आममानिस घरभित्रै भएको बेला सडक, नदीमा फोहोर कम भएको सफाइ अभियान्ता काफ्ले बताउँछन् ।

उनले भने, ‘मानिसको चहलपहल नभएपछि फोहार पनि कम हुँदो रहेछ । कतिपय गाउँ गएका छन् । यहीँ भएकाहरू पनि बाहिर निस्केका छैनन् । यसकारण नदीहरू सफा देखिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?