+
+
Shares

पाँच सय थान मास्क दिएर फर्किए मन्त्री

विकास मरहट्टा विकास मरहट्टा
२०७६ चैत २९ गते १४:०८

२९ चैत, गोरखा । शुक्रबार गोरखा अस्पतालमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रतीक्षामा बस्नेहरुको भिड बाक्लै थियो ।

कोरोना भाइरस रोकथामका लागि सामाजिक दुरी कायम गर्न सरकारले लकडाउन गरेका बेला मन्त्री बस्नेत ठूलै समूहसहित अस्पताल आइपुगे ।

उनी मास्क वितरण गर्न अस्पताल आएका थिए । मन्त्री बस्नेतले पाँच सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र पाँच सय थान सर्जिकल मास्क हस्तान्तरण गरे । केहीले फोटो खिचे ।

मन्त्री आउने भएपछि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख र मन्त्रीका सहयोगी पनि धेरै नै भेला भए । अस्पतालमा केहीबेर मानिस र सवारीसाधनको भिड नै भयो ।

मन्त्री आएका बेला अस्पतालमा बन्ने आईसीयू कक्षको बारेमा पनि छलफल भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकाल बताउँछन् ।

‘भेन्टिलेटर र अन्य आवश्यक उपकरणसहितको आईसीयू बेड निर्माणका लागि केन्द्र सरकारले बजेट विनियोजन गरेको छ, त्यसबारेमा पनि मन्त्रीज्यूसँग छलफल भयो,’ उनले भने । करिब दुई घण्टाको बसाइँपछि मन्त्री पोखरातर्फ नै फर्किए ।

अस्पतालमा आईसीयू बन्दै

आईसीयू निर्माणका लागि गोरखा अस्पतालले एक करोड रुपैयाँ पाएको छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएको गोरखा अस्पतालमा दुईवटा भेन्टिलेटरसहित चार शैय्याको आईसीयू वार्ड निर्माण हुने भएको छ ।

अस्पतालका सूचना अधिकारी ढकालले आइतबारदेखि आईसीयू निर्माण सुरु हुने बताए ।

‘कोरोना संक्रमित बिरामीलाई लक्षित गरी आइसोलेसन वार्ड निर्माण भइसकेको छ,’ उनले भने, ‘तर, गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि आईसीयू वार्ड निर्माण गर्न लागेका हौ ।’ ढकालका अनुसार अस्पताल हाताभित्र रहेको मेडिकल सुपरिटेन्डेन्टको निवास आईसीयू वार्डको रुपमा प्रयोग हुनेछ ।

‘भवन हामीसँगै छ, संघबाट प्राप्त भएको रकमले भेन्टिलेटर, मोनिटर, वेडलगायतका उपकरणहरु किन्छौँ,’ उनले भने । दुई हप्ता भित्र वार्ड निर्माण भइसक्ने उनको दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?