+
+

अब नेपाल लाइफको बिमा शुल्क कनेक्ट-आईपीएसमार्फत भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १४:१३

२९ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने भएको छ।

कनेक्ट आइपीएसमाआवद्ध कुनै पनि बैङ्कको खातामार्फत घरमै बसीबसी आफ्नो बिमा शुल्क भुक्तानी गर्न सकिने छ । कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाईन भुक्तानी गर्न सक्नेछन्।

जुनसुकै समयमा जहाँसुकैबाट अनलाईन भुक्तानी गर्न सकिने यो सेवाले बिमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यसअघि नै नेपाल लाइफको प्रिमियम डिजिटलहरु इ-सेवा तथा प्रभु-पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै, फोन-पेमार्फत आफ्नो बैङ्क खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेण्ट बैङ्कको इन्टरनेट बैङ्कमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बिमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?