
अहिले सामाजिक सञ्जालमा अभिनेत्री रीमा विश्वकर्माको खुबै ट्रोल आइरहेका छन् । उनले क्वारेन्टाइन बसाइँमा कालो चिया बनाउन सिके भनेर दिएको अभिव्यक्तिलाई लिएर रीमाको ट्रोलहरु बनिरहेका छिन् ।
फेसबुक लाइभमा आएकी रीमालाई उनका शुभचिन्तकले प्रश्न सोधेका थिए, ‘क्वारेन्टाइन बसाइँमा के पकाउन सिक्नुभयो ?’ यस प्रश्नको उत्तरमा उनले आफूले कालो चिया बनाउनको सिकेको बोलेकी थिइन् । जुन कुराले मिडियामा पनि स्थान पायो । त्यसपश्चात् सुरु भयो, रीमाको ट्रोलहरु ।
सामाजिक सञ्जालमा निकै ट्रोलहरु आएपछि रीमाले फेसबुक स्टाटस नै लेखिन् । उनले आफूले कालो चिया बनाउन सिकेको कुरालाई लिएर धेरै ट्रोल नगर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’
रीमा आफू सानै उमेरदेखि नै भान्सामा छिर्नु नपरेकाले भान्साको विषयमा खासै ज्ञान नभएको तर्क गर्छिन् । आफू कमाएर ल्याउने जिम्मेवारीमा भएका कारण भान्सामा छिरेर पकाउन नपरेको उनको भनाइ छ । यस विषयमा पनि रीमाको आलोचना नै भइरहेको छ ।
प्रतिक्रिया 4