+
+

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु   

रासस रासस
२०७६ चैत २९ गते २०:१५

२९ चैत, गलकोट । बागलुङ जिल्लामा शनिबार चट्याङले लागेर एक युवकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको शनिबार दिउँसो साढे ४  बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर उनीसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?