Comments Add Comment

चितवनका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण परीक्षण गरिँदै

३० चैत, चितवन । चितवनको भरतपुरस्थित भरतपुर कोरोना अस्पताल र जिल्लाका विभिन्न अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको परीक्षण हुने भएको छ ।

उनीहरुको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । भरतपुर अस्पतालका अध्यक्ष एवम् कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलबिक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमण भए/नभएको हेर्न नमूना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको हो ।

चैत ७ गतेदेखि अहिलेसम्म काम २१ दिन काम गरेकाहरुको मात्र स्वाब संकलन गरेर पठाइएको हो । उनीहरूको आइतबार राति वा सोमबारसम्ममा रिपोर्ट आउने जनाइएको छ ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा सुरुवातदेखि नै अग्रभागमा रहेर काम गरेकाहरुमा जोखिम उच्च रहेकोले स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बताए ।

चितवनको कोरोना अस्पताल र भरतपुर अस्पतालबाट अहिलेसम्म पठाइएका सबै नमूनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment