+
+
Shares

नयाँ वर्षलाई कोरोनामाथि जितको वर्ष बनाऔं : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते ६:१३

१ बैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटोमा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न आह्वान गरेका छन् ।

नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध संघर्ष गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले भनेका छन्, ‘नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ संकल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।’

जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव पे्ररणादायी रहेको उल्लेख गर्दै उनले कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा मिलोस् भन्न कामना पनि गरेका छन् ।

नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने तिमिल्सिनाको विश्वास

यसैबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि नयाँ वर्ष २०७७ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमासुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनलेकोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

भौतिक र आर्थिक विकासकोरोनाको महामारीले उच्च जोखिममा परेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?