+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भोलिदेखि वीरगञ्जमै कोरोना परीक्षण हुन्छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते १२:२३

१ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन मंगलबार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताएका छन् ।

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । मंगलबार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले जानकारी गराएका छन् ।

‘जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको छ’ मुख्यमन्त्री राउतले नयाँ वर्षको अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन् ‘वीरगञ्जमा समेत भोलिदेखी ल्याब सञ्चालनमा आईसक्ने जानकारी गराउँदछु ।”

कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उनले बताए ।

तीन भन्दा बढी नदेखियोस्

मुख्यमन्त्री राउतले प्रदेशमा तीन जना भन्दा बढीमा कोरोना संक्रमण नदेखियोस् भन्ने कामना गरेका छन् ।

नयाँ बर्ष २०७७ को अवसरमा आफ्नो शुभकामना सन्देश दिदैं मुख्यमन्त्री राउतले उक्त कामना गरेका हुन् ।

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिनु प्रदेशको लागि ठूलो चिन्ताको विषय बनेको मुख्यमन्त्री राउतले बताएका छन् ।

कोरोना पोजेटिभ पुष्टि भएलगत्तै प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारबीच गहन समन्वय भई कोरोना पाइएको क्षेत्रलाई शिल गरी अन्य व्यक्तिमा समेत कोरोना सरेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मास टेस्टिङको प्रक्रिया शुरु गरिसकेको राउलते बताएका छन् ।

कोरोना महामारी नियन्त्रण विश्वलाई नै चुनौती दिइरहेको वर्तमान परिपेक्ष्यमा सरकारले मात्र महामारी नियन्त्रण गर्न सक्ने अवस्था नरहेको हुँदा सम्पुर्ण प्रदेशवासी, नागरिक समाज, जनप्रतिनिधि, उद्योगी, स्वास्थ्यकर्मी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई प्रदेश सरकारको अभियानमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?