Comments Add Comment

एन्ड्रोइड फोनमा नयाँ भाइरस, साढे दुई अर्ब स्मार्टफोन जोखिममा

स्मार्टफोन प्रयोगकर्ताहरू माथिको जोखिम बढिरहेको छ । साइबर सेक्योरिटी कम्पनी Kaspersky ल्याब्सले एउटा यस्तो भाइरस पत्ता लगाएको छ जुन स्मार्टफोनबाट हटाउन मुस्किल पर्दछ । उक्त मालवेयर एन्ड्रोइड स्मार्टफोनमा बसिरहने र स्मार्टफोनका डाटा चोर्ने गरेको पाइएको छ । उक्त भाइरसका कारण विश्वका २ अर्ब ५० करोड एन्ड्रोइड स्मार्टफोन ह्याकिङको खतरामा फसेको विज्ञको भनाइ छ ।

Kaspersky ल्याब्सले अनअफिसियल एप मार्केट प्लेसमा xHelper  नामक एउटा मालवेयर फेला पारेको छ । ह्याकरहरूले निकै चलाखीपूर्ण ढंगले उक्त मालवेयरलाई प्रयोगकर्ताको डाटा चोरीका लागि प्रयोग गरिरहेका छन् ।

उक्त मालवेयर नक्कली Cleaner एपका माध्यमबाट प्रयोगकर्ताको स्मार्टफोनमा छिराउने गरिएको छ । सबैभन्दा चिन्ताको विषय त के भने क्लिनर एप फोनमा इन्स्टल भैसकेपछि पूर्ण रूपमा लुक्दछ । यसलाई न त होमस्क्रिनमा देखिन्छ, न त प्रोग्राम मेन्यूमा ।

कसरी पत्ता लगाउने यो भाइरस ?

यद्यपि, प्रयोगकर्ताको जासूसी गर्ने यस खतरनाक एप आफ्नो फोनमा छ कि छैन ? भनेर तपाइँले पत्ता लगाउन भने सक्नुहुन्छ । आफ्नो एन्ड्रोइड सिस्टमको सेटिंग्स मेन्यूमा गएर इन्स्टल्ड एपको सूचिमा हेरिसकेपछि यदि उक्त मालवेयर एप आफ्नो फोनमा भए नभएको थाहा पाउन सकिन्छ ।

डिलिट गरिसकेपछि पनि आफै इन्स्टल हुने

क्यास्पर्स्कीका अनुसार उक्त मालवेयर निकै खतरनाक छ । फोनमा एपसँगै इन्स्टल भएपछि यसले स्मार्टफोनमा रहेका प्रयोगकर्ताका सबै डाटामा पहुँच स्थापित गर्दछ । यतिमात्र होइन, प्रयोगकर्ताले यो एप वा मालवेयरलाई अनइन्स्टल गर्ने कोसिस गरेपनि यो आफै पुनः इन्स्टल हुन्छ । त्यसैले xHelper लाई डिलिट गरेपछि पनि फोनलाई पूर्णरूपमा सुरक्षित ठान्न सकिँदैन । विज्ञका अनुसार यो मालवेयरसँगै फोनमा एउटा प्रोग्राम पनि इन्स्टल हुन्छ, जसले xHelperडिलिट गरेसँगै यसलाई पुनः इन्स्टल गरिदिन्छ ।

कसरी गर्ने पूर्णरूपमा डिलिट ?

तर खुसीको कुरा पनि छ । साइबर सेक्योरिटी विज्ञका अनुसार यो मालवेयरलाई पुनः आफै इन्स्टल हुन नसक्ने गरी डिलिट गर्न सकिन्छ । यसका लागि एन्ड्रोइड फोनमा रिकभरी मोड सेटअप गर्नुपर्दछ । त्यसपछि ओरिजिल फर्मवेयरबाट libc.com फाइल बाहिर निकालेर इन्फेक्टेड फाइलबाट प्रतिस्थापित गर्नुपर्दछ । यो प्रक्रिया फोनको सिस्टम पार्टिसनबाट सबै मालवेयर हटाउनुभन्दा अगाडि गर्नुपर्दछ । फोनलाई भाइरसमुक्त पार्ने यो सबैभन्दा विश्वसनीय उपाय भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment