Comments Add Comment

डा. भट्टराईको प्रश्न–तलब नलिने घोषणा गर्नेहरुको विलासी खर्च कसरी चल्छ ?

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले, तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने बताएका थिए । आफूलेे पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा ओलीले गरेका थिए ।

मंगलबार पूर्वप्रधानमन्त्री भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भनेका छन् । सँगसँगै उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह-भारवहन सबैले मिलेर गर्नुपर्ने भन्दै आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

जनस्तरबाट पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र निर्वाचन क्षेत्र विकास कोषबाट रकम काटेर कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउनु पर्ने आवाज उठ्दै आएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको कोरोना कोषमा जम्मा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए । उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको तलब कोरोना उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्दि्रत आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस राष्ट्रपति, प्रधानमन्त्री र सांसदको तलब २५ प्रतिशत घटाऔँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment