+
+
Shares

शान्ति समाजद्वारा गुह्येश्वरीका विपन्न परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते ९:५८

२ वैशाख, काठमाडौं । मानवअधिकार तथा शान्ति समाज काठमाडौंले मंगलबार बिहान काठमाडौंमा राहत वितरण गरेको छ ।

गुह्येश्वरीस्थित असहाय बाच्छाबाच्छी संरक्षणस्थल रहेको चौर नजिकैका विपन्न परिवारलाई समाजले चामल, तेल, पिठो गरी ७३ हजार ५ सयको राहत सामग्री वितरण गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको उपस्थितिमा केन्द्रीय सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनीसहितले राहत वितरण गरेका हुन् ।

यसैगरी शान्ति समाज दाङ शाखाले पनि तग चैत ३० गते लकडाउनका अवधिमा दैनिकी चलाउन कठिनाइ भएका दाङका श्रमिकका परिवारलाई राहत वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?