Comments Add Comment

मेस्सीको ६ वर्षीय सुपर फ्यान, ओभरहेड किकदेखि सिक्स प्याकसम्मको चर्चा

२ वैशाख काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को कारण अहिले विश्व प्रभावित छ । खेलकुद गतिविधि ठप्प छ । खेलाडीहरु फुर्सदमा छन् । धेरै खेलाडी घरमै होम क्वारेन्टिनमा बस्दै आफ्नो स्किल हरु देखाइरहेका छन् ।

यही बेला एक ६ वर्षीय बालक आफ्नो स्किलका कारण चर्चा आएका छन् । स्पानिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीका ‘सुपर फ्यान’ अहिले फुटबल स्किलका कारण चर्चामा छन् । सिक्स प्याक बडी अनी लङ हेयर ति बालकको विशेषता हो ।

उनी हुन् इरानका ६ वर्षीय आरत होसेइनी

अहिले होम क्वारेन्टिनमै बसिरहेका उनी एक ओभरहेड किकका कारण चर्चामा आएका छन् ।

बार्सिलोनाको जर्सी लगाएर ओभरहेड किक हानेको उनको भिडियो अहिले भाइरल छ । उनले बार्सिलोनाको जर्सी लगाएर उक्त किक हानेका हुन् ।

आरतको उक्त भिडियो बार्सिलोनाले पनि आफ्नो अफिसियल ट्वीटरमा पोष्ट गरेको छ । जसमा ‘किड इज योङ गोट’ भनेर भनिएको छ । यस्तै फिफाले पनि रिट्वीट गरेको छ ।

भिडियो भाइरल भएपछि मेस्सीले पनि आरटको इनस्टाग्राममा कमेन्ट गरेक छन् । आरटले मेस्सीलाई कमेन्टको लागि धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘मेरो चाहना छ एक दिन म बार्सिलोनाबाट खेलौँ ।’

उनी हरेक रात यसबारे सपना देख्छन् ।

इरानको उत्तरी क्षेत्रमा जन्मिएका आरत अहिले इंग्लिस क्लब लिभरपुलको एकेडेमीमा हुर्किरहेका छन् ।

सामाजिक सञ्जाल इन्सटाग्रामम उनी निकै चर्चित छन् । जहाँ भिडियोहरु पोष्ट गरिरहेका हुन्छन् ।

इन्सटाग्राममको उनको फलोअर्स ३ मिलियन पुगेको छ । उनको कर्ली लङ हेयर अर्को चर्चाको विषय छ । यस्तै सानोमै उनले सिक्स प्याक समेत बनाएका छन् ।

६ वर्षको उमेरमै अद्धुत कलाको कारण आरट चर्चामा छन् । साथै उनलाई मसर्थकले नयाँ मेस्सीसमेत भन्ने गरेका छन् ।

आरटले यसअघि पनि विभिन्न स्किलको भिडियो इन्सटाग्राममा पोष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment