+
+
Shares

बुद्ध एयरद्वारा बंगलादेशमा चार्टर्ड उडान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १६:५४

२ वैशाख, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले मंगलबार बंगलादेशका लागि चार्टर्ड उडान गरेको छ । तीन बजे बंगलादेशको ढाकाका लागि उडेको जहाज आजै काठमाडौं र्फकने कम्पनीले जनाएको छ ।

नेपालमा रहेका १३ जना बंगलादेशी नागरिक बोकेर जहाज ढाका उडेको हो । नेपालमा रहेका बंगलादेशी नागरिकलाई स्वदेश फर्काउन दूतावासको पहलमा बुद्ध एयरको जहाज चार्टर्ड गरिएको हो ।

मंगलबार नै नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली उडेको छ । विदेशी दूतावासहरुले यात्रु आफैले भाडा तिर्ने शर्तसहित धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

नेपालमा १८ बैशाखसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । यसले गर्दा नेपालमा रोकिएका विदेशी नागरिक समस्यामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?