Comments Add Comment

सप्तरी घटनाबारे छानविन गर्न कांग्रेस सांसद चौधरीको माग

२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीमा एक जना महिलाको मृत्यु प्रकरणबारे सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।

घरकै आँगनमा बसेका स्थानीयलाई प्रहरीले निर्घात कुटपिट गरेको भन्दै चौधरीले घट्नाबारे सत्य तथ्य छानविन गरी दोषीउपर कानुनी कारबाही गर्न माग गरेका हुन् ।

सांसद चौधरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई सरकारले उचित क्षतिपूर्ति समेत उपलब्ध गराउनु पर्ने बताए । सांसद चौधरीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लकडाउनको पूर्ण पालना गरी सुरक्षा निकायलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

लकडाउन उल्लङ्घनका विषयमा सोमबार प्रहरीसँग विवाद हुँदा खड्ग नगरपालिका ६ वीरपुरकी ६५ वर्षीया जयनव खातुन बेहोस भएकी थिइन् । खातुनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

यो पनि पढ्नुहोस सप्तरीमा प्रहरीसँगको विवादपछि बेहोस भएर महिलाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment