Comments Add Comment

कोरोना कोषलाई आईक्यानको १ करोड

२ वैशाख, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ उपलब्ध गराएको छ । आईक्यानको परिषदबाट निर्णय भएबमोजिम कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय भएको थियो ।

रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमणसहित नियन्त्रण गर्न सकिने अन्य खर्चसमेत कटौती गर्ने निर्णयसमेत गरेको छ ।

कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकाले सोको रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उनले बताए ।

लेखा व्यवसाय र लेखापरीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्ने भएको छ । अनलाइन लर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीलाई भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

आईक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरूलाई पर्नसक्ने आर्थिक समस्या सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment