+
+
Shares

लकडाउनमा उपयोगी हुनेछ यी घरेलु ओखती

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १८:४८

अपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । अहिले अस्पताल धाउने अनुकुलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हो । त्यसो त हाम्रो भान्सामा उपलब्ध बेसारदेखि ज्वानोसम्मले औषधिको काम गर्छ ।

एसिडिटी

– एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ ।

-केहि तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने ।

-एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउनुपर्छ ।

वान्ता

– ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार–पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।

– १–१ चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने ।

-१ चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने ।

कब्जियत

-हरेक दिन आधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।

-दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्नाले कब्जियतमा आरम मिल्छ ।

-आधा ग्लास पालुङ्गोको जुसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउनुपर्छ ।

अपच

– १ गिलास तातो पानीमा चुट्कीभर हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउनुपर्छ ।

– १ गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र चुट्कीभर नुन मिसाएर पिउने आरम मिल्छ ।

-१ कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने । त्यसपछि छानेर उक्त रसमा मह मिसाएर पिउनुपर्छ ।

झाडापखला

-अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्ने ।

-पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्नाले पनि झाडापखला ठीक हुन्छ ।

-दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीदाना र जिरा मिसाएर सेवन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?