+
+

मुम्बईको रेल स्टेशनमा सडकमा निस्किए हजारौं मानिस

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते २३:१६

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको बेला भारतको मुम्बईस्थित बान्द्रा रेलवे स्टेशनमा मंगलबार हजारौा मानिस भेला भएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार लकडाउनको कारण रोकिएको रेल सञ्चालन हुने आशामा उनीहरु स्टेशनमा आएका हुन् । मंगलबार जम्मा भएकामध्ये अधिकांश प्रवासी मजदूर छन् ।

उनीहरु अर्को राज्यबाट आउका मानिसहरु थिए । उनीहरु आफ्नो घर जाने अनुमति मागिरहेका थिए ।

स्टेशनमा अत्यधिक संख्यामा मानिसहरु जम्मा भएको सूचना पाएसागै प्रहरीले त्यहाा पुगेर भीड हटाएको छ ।

भीड हटाउन प्रहरीले लाठीचार्ज पनि गरेको थियो । समाचारमा उल्लेख गरिए अनुसार उनीहरुमध्ये धेरैजसो उत्तर प्रदेश र बिहारमा मजदूरहरु थिए । भारतमा यसअघि अपि्रल १४ सम्मको लागि लकडाउनको घोषणा गरिएको थियो । त्यसैले उनीहरु घर जान पाइने आशामा स्टेशनसम्म आएका थिए, तर प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको लकडाउन मे ३ सम्म बढाउने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?