Comments Add Comment

राष्ट्रियसभा अध्यक्षले सातै प्रदेशका सभामुखसँग भर्चुअल छलफल गर्दै

३ वैशाख, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सात वटै प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्दैछन् ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस (कोभिड-१९) को जोखीम न्युनीकरण गर्न सरकारले लिएको नीतिका सन्दर्भमा प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्न लागेको संसद सचिवालयलेल जनाएको छ । छलफल दिउँसो १ बजेलाई तय गरिएको छ ।

‘कोरोनाविरुद्ध सरकारले चालेको कदममा कसरी सहयोग पुर्‍याउन सकिन्छ ? स्थानीय तह र प्रदेशमा के कस्ता समस्या छन् भन्ने लगायतका विषयमा राष्ट्रियसभाका अध्यक्षले प्रदेशका सभामुखहरुसँग भर्चुअल छलफल गर्ने तय भएको छ,’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

भर्चुअल छलफलमा आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई बुझाइने उनले जानकारी दिए ।

यसअघि गत सोमबार पनि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, सचेतक तथा राष्ट्रियसभा अन्तर्गतका ४ वटा समितिका सभापतिहरुसँग भर्चुअल छलफल गरेका थिए ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सात वटै प्रदेशका सभामुख र उपसभामुखसँग टेलिफोन संवाद गरेका थिए ।

उपसभामुखसँग उपाध्यक्षले छलफल गर्ने

यस्तै, राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले भोलि सात वटै प्रदेशका उपसभामुखसँग भर्चुअल छलफल गर्ने तय भएको छ ।

उपाध्यक्ष दाहालले पनि कोरोना विरुद्ध सरकारले लिएको नीति र प्रदेश तथा स्थानीय तहमा हाल रहेका समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रीत रहेर छलफल गर्ने संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment