
कोरोना भाइरसका कारण भारत लकडाउनमा जानु अगाडि बलिउडका विभिन्न चलचित्रको छायांकन चलिरहेको थियो । सो समयमा नायक अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मैदान’को पनि छायांकन चलिरहेको थियो ।
तर, लकडाउनका कारण चलचित्रको छायांकन रोकियो । यो चलचित्रका लागि यसको निर्माणपक्षले मुम्बइमा फुटबल मैदान नै तयार पारेको छ । जसको कुल बजेट ७ करोड बताइएको छ ।
तर, यो फुटबल मैदानमा चलचित्रको छायांकन भने भएको छैन । यसको निर्माणपक्षले मेको तेश्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारी गरेको थियो । तर, भारतमा मेको ३ तारिखसम्म लकडाउन नै छ ।
यसपछि पनि लकडाउन जारी रहेको अवस्थामा यो खेल मैदान नष्ट हुने अवस्थामा पुग्नेछ । किनकी, यसपछि पानी पर्ने मौसम सुरु हुदैँछ । पानी परेपछि खेल मैदान छायांकन नै गर्न नमिल्ने गरि नष्ट हुनेछ ।
यसो भएको खण्डमा, यो चलचित्रका निर्मातालाई आर्थिक समस्या पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
हुनत, यो चलचित्रका निर्मातालाई मात्र होइन, बलिउडका अन्य कैयौ निर्माण कम्पनी कोरोनाका कारण जारी रहेको लकडाउनका कारण समस्यामा परेका छन् ।
प्रतिक्रिया 4