+
+
Shares

हावाहुरीसहित वर्षाको सम्भावना

रासस रासस
२०७७ वैशाख ३ गते १६:३७

३ बैशाख, काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकांश भू-भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य तथा पूर्वका केही स्थानहरू एवं पश्चिमी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो ।

हाल देशको मध्य र पूर्वका अधिकांश भू-भागमा र पश्चिमका केही भू-भाग पूर्ण बदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा र पूर्वका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानका साथै पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?