+
+
Shares

दीपायलमा उपभोग्य वस्तुको अभाव हुन दिन्नँ : मेयर मलासी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १९:१५

३ वैशाख, डोटी । दीपायल सिलगढी नगरपालिकाकी मेयर मन्जु मलासीले नगरभित्रका नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि घोषणा गरिएको लकडाउनले अभाव सिर्जना हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला मेयर मलासीले उपभोग्य वस्तुको अभाव हुन नदिने प्रतिबद्धता जनाएकी हुन् ।

‘लकडाउनका बेला दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन दिइने छैन,’ उनले भनिन् ‘खाद्यान्न अभावका कारण कुनै पनि परिवारको चुलो नबल्ने अवस्था आउन दिइने छैन ।’

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरू लकडाउनले मर्कामा परेको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिहरूको साँझ–बिहानको छाक टार्ने व्यवस्था नगरपालिकाले मिलाउन लागेको बताइन् ।

कोरोनाविरुद्ध लड्न नगरपालिकाले पर्याप्त तयारी गरिरहेको जानकारी पनि उनले उक्त अवसरमा दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?