Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

फाइल तस्वीर

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ । अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुनेको संख्या पनि ६ लाख ३७ हजार नाघेको छ । जसमा सबैभन्दा प्रभावित राज्य न्युयोर्कमा संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । यो राज्यमा अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्यमा अहिलेसम्म तीन हजार एक सय ५६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म अमेरिकामा ५२ हजार संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको कारण अहिलेसम्म एक लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment