
४ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतमा प्रदेश १ को प्रदेशसभाको २२ औं बैठक बसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
०७६ माघ २३ गते प्रदेशसभाको पाँचौं अधिवेशन सुरु भएको थियो । यो अधिवेशनमा प्रवेश पाएका ६ वटा विधेयकमध्ये प्रदेशको वातावरण संरक्षण विधेयकमात्रै पारित भएको छ ।
बाँकी रहेका पाँच विधेयकमध्ये प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा ततसम्बन्धी अन्य व्यवस्था गर्न विधेयक र प्रदेश १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल सकिएको थियो ।
त्यसैगरी प्रदेश १ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएर संशोधन प्रस्ताव खुला गरिएको थियो ।
प्रदेशसभाको यो अधिवेशनबाट प्रदेशको नाम टुंग्याउने भनिए पनि नामाकरणको विषय प्रदेशसभामा प्रवेश नै भएन ।
प्रतिक्रिया 4