+
+
Shares

कोरोनाबाट भारतमा गयो ४१४ को ज्यान, १२ हजार बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते ९:३०

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या चार सय १४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३७ जनाको मृत्यु भएको हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यसबाट संक्रमित हुने मानिसको सख्या पनि १२ हजार तीन सय ८० पुगेको छ ।

भारतको महाराष्ट्र अहिले सबैभन्दा प्रभावित देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म एक सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने दुई हजार नौ सय १६ जना संक्रमित भेटिइसकेका छन् । महाराष्ट्रपछि मध्य प्रदेशमा सबैभन्दा बढी ५३ जना मानिसको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ३३ र दिल्लीमा ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म एक हजार चार सय ८९ जना संक्रमित निको भएर घर फकिएइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?