+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

इटालीबाट आएकी महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १८:०८

४ वैशाख, काठमाडौं । इटालीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ ।

बुढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण  सुरु गरेको थियो । त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेकी थिइन् ।

‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको थिएँ भन्दै आउनुभयो । टेस्ट गर्दा पोजेटिभ आयो’ मेयर उद्धवप्रसाद खरेलले भने, ‘उहाँ विदेशबाट आउनु भएको स्थानीय तहको रेकर्डमा थिएन ।’

चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।

बुधबार भएको टेस्टमा एन्टिबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

र्‍यापिड टेस्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

मेयर खरेलकाअनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर, धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेस्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?