Comments Add Comment

कोरोना भाइरस : एसी चलाउन खतरनाक हुन्छ ?

काठमाडौं । पछिल्ला गर्मी बढ्न थालेको छ । गर्मीबाट बच्न एयर कन्डिसन (एसी) प्रयोग गर्नेहरु छन् । तर पछिल्लो समय सामाजिक सञ्जालहरमा एसीले कोरोना भाइरसको संक्रमण फैलाउने जोखिम बढी रहेको दाबी गरिएको छ । यसले मानिस ससंकित भएका छन् । तर वास्तविक यथार्थ के हो ?

यसबारेमा एम्सका निर्देशक रणदीप गुलेरियाले एक टिभी च्यानलसँग कुराकानी गर्दै भनेका छन्, ‘एसी चलाउनु त्यति धेरै ठूलो मुद्दा होइन, जति क्रस भेन्टिलेसनमा हो ।’

घर र कारमा जडान गरिएका एसी

डा. गुलेरियाका अनुसार, यदि तपाईंको घरमा विन्डो एसी जडान गरिएको छ भने, तपाईंको कोठामा रहेको हावा तपाईंकै कोठामा रहीरहन्छ, बाहिर वा अन्य कोठामा जाँदैन । त्यसैले घरमा जडान गरिएको विन्डो एसी र गाडीमा जडान गरिएको एसी चलाउँदा कुनै समस्या हुँदैन ।’

तर यो ध्यान दिन आवश्यक छ कि कोठामा विण्डो एसीको एक्जिस्ट त सही छ ? अर्थात एक्जिस्ट त्यस्तो स्थानमा त गइरहेको छैन, जहाँ मानिसहरु धेरै भेला भएका हुन्छन् ।

कार्यालय वा सार्वजनिक स्थानहरूमा जडान गरिएका एसी

डा.गुलेरियाका अनुसार यदि कार्यालय वा सार्वजनिक स्थानमा सेन्ट्रल एसी छ भने यसको अर्थ हो – हावा सबै कोठामा घुम्दैछ, त्यसोभए यसबाट डर हुन्छ ।

किनभने अर्को कोठामा वा अफिसको अन्य कुनै भागमा कोही खोकी रहेको छ वा यदि उसलाई संक्रमण भएको छ भने एसीको नलीद्वारा एक कोठाबाट अर्को कोठामा फैलिने खतरा हुन्छ ।

अस्पतालहरुमा सेन्ट्रल एसी बन्द

कोरोनाका बिरामीहरू भर्ना भएका अस्पतालहरुमा सेन्ट्रल एसीहरू बन्द भइरहेका छन् ।

त्यसको विकल्पमा विन्डो एसीहरू जडान हुँदैछन् । डा. गुलेरियाकाअनुसार अस्पतालमा एसी आवश्यक छ । गर्मी बढ्दै गएका कारण चिकित्सकहरुलाई उपचारमा समस्या आउनेछ । किनकी उनीहरू सबैले पीपीई लगाएर मात्रै बिरामीको उपचार गर्छन्, जसको कारण चिकित्सकहरु पसिनै पसिना हुन पुग्छन् ।

चिकित्सकहरुले एसी विना बिरामीको उपचारमा संलग्न हुनु पर्दा उनीहरुमा पनि समस्या आउन सक्छ ।

अनुसन्धानले के भन्छ ?

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले पनि एक अनुसन्धान गरेको थियो । चीनको एउटा रेष्टुरेन्टमा कोभिड १९ फैलाउने कार्यमा एसी सम्बन्धित थियो या थिएन भनेर अनुसन्धान गरिएको थियो । यो अध्ययनबारे रोग नियन्त्रण र रोकथामको लागि गुआंगझू केन्द्रको नैतिक समितिले पनि अनुमोदन गरेको छ ।

अनुसन्धानकाअनुसार जनवरी २६ देखि फेब्रुअरी १०, २०२० सम्म कोरोना भाइरसले तीन परिवारका १० जना मानिसहरूलाई प्रभावित बनाएको थियो । ती सबैले चीनको ग्वांगझू शहरमा एकै एयर कन्डिनसन भएको रेष्टुरेन्टमा खाना खाएका थिए । सबैको टेबलको दूरी लगभग एक मिटर थियो ।

यी मध्ये एक परिवार वुहानबाट यात्रा गरेर फर्केका थिए । २४ जनवरीको परिवार ‘ए’ ले त्यस रेस्टुरेन्टमा खाना खाएको थिए । परिवार ‘बी’ र ‘सी’ उनीहरु बसेको नजिकैको टेबलमा बसेका थिए । परिवारको एक सदस्यले अर्को दिन लक्षण देखाउन थाले र फेब्रुअरी ५ मा त्यस परिवारका अन्य चार सदस्य र परिवार ‘बी’ का तीन र परिवार ‘सी’ का दुई सदस्यहरू बिरामी भए ।

उक्त रेष्टुरेन्टमा सेन्ट्रल एयर कन्डिसनर थियो, पाँच तलाको यस भवनमा एउटा पनि झ्याल थिएन । अध्ययनले निष्कर्ष निकाल्यो कि वातानुकूलित भेन्टिलेसनको माध्यमबाट ड्रप्लेट ट्रान्सिमिसन भयो । संक्रमणको मुख्य कारण हावाको प्रवाह थियो । कोभिड–१९ फैलनबाट रोक्नका लागि भेन्टिलेसन सुधार गर्नु आवश्यक रहेको सुझाव अनुसन्धानले दिएको थियो ।

अध्ययनका सीमा

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले पनि स्वीकार गरेको छ कि आफ्नो अध्ययनको सीमितता छ । किनकी उसले हावामा सार्ने ट्रान्समिसन मार्गको अध्ययन भने गरेको थिएन र त्यहाँ खाने मानिसको नमूना अध्ययन गर्न असमर्थ भएको थियो । अनुसन्धानका अनुसार कुनै रेष्टुरेन्ट कर्मचारी वा त्यहाँ खाने अन्य व्यक्ति प्रभावित भएनन् । साथै, एसीको सबै स्मीयर नमूना नकारात्मक थिए ।

प्रसारणको सम्भावित मार्गको अध्ययन गर्दा यो प्रकोप ड्रपलेट प्रसारणको कारण हुनसक्छ भन्ने कुरा पत्ता लाग्यो ।

यद्यपि अनुसन्धानअनुसार यो मात्रै यसको कारण नहुन सक्छ । ठूला श्वासप्रश्वासका थोपाहरू केही समयको लागि हावामा रहन्छन् र धेरै छोटो दूरीका लागि जानसक्छ । तसर्थ, अनुसन्धानमा भनिएको थियो कि एयर कन्डिसनरको कडा एयर फ्लोको कारण, ड्रप्लेटहरु एउटा टेबुलबाट अर्को टेबुलमा गएको हुनसक्छ ।

यसबारे, दिल्लीको साकेतस्थित मैक्स अस्पतालका आन्तरिक चिकित्सा निर्देशक डा. रोमेल टिुकु भन्छन्, ‘कोही खोक्दैमा भाइरस एयर कन्डिसनको माध्यमबाट हावामा सर्कुलेट हुने र सबैजना संक्रमित हुन्छन् भन्ने प्रायः हुँदैन । अहिलेसम्म यसको कुनै प्रमाण फेला परेको छैन । हो, यसले निश्चित रूपमा सतहको संक्रमण हुनसक्छ । यदि कुनै बिरामीले खोक्छ भने एसीले वरपरका क्षेत्र दुषित पार्छ । तर एसीले भाइरस बोक्दै हिँडेको कुरामा कुनै प्रमाण भने छैन ।’

स्रोतः बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment