+
+
Shares

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिकै शनिबार दिउँसो तेस्रो लिंगीको शव भेटिएको छ।
  • शव सनाखत हुन नसक्दा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ।
  • शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ र हत्या भएको निष्कर्ष निकालिएको छ।

७ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ ।

शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।

शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो

संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ ।

उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?