News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको टेक्सासस्थित मण्डला डान्स ग्रुपले डलासको अमेरिकन एयरलाइन्स सेन्टरमा डलास माभेरिक्स र एलए क्लिपर्सबीचको एनबीए खेलमा प्रस्तुति दिँदै इतिहास रचेको छ।
- ४२ जना कलाकारले नेपथ्य ब्यान्डको गीत “मै नाचे छम छमती” मा नृत्य गर्दै एनबीएको स्तरीय कार्यक्रममा प्रस्तुति दिन आमन्त्रित पहिलो नेपाली समूह बनेका छन्।
- समूहलाई अर्को वर्ष पुनः प्रस्तुति दिन आमन्त्रण गरिएको छ र सामाजिक सञ्जालमा उनीहरूको प्रस्तुति सांस्कृतिक उत्सवको रूपमा चर्चा भइरहेको छ।
काठमाडौं । अमेरिकाको टेक्सासस्थित नेपाली नृत्य समूह ‘मण्डला डान्स ग्रुप’ ले डलासको अमेरिकन एयरलाइन्स सेन्टरमा डलास माभेरिक्सविरुद्ध एलए क्लिपर्स एनबीए (बास्केटबल) खेलको क्रममा प्रस्तुति दिँदै इतिहास रचेको छ ।
४२ जना कलाकारको साथ, उनीहरूले ‘नेपथ्य’ ब्यान्डको हिट गीत “मै नाचे छम छमती’ मा नृत्य गरे । उक्त समूह एनबीए स्तरीय कार्यक्रममा प्रस्तुति दिन आमन्त्रित पहिलो नेपाली नृत्य समूह बन्यो ।
अर्को वर्षको लागि पुनः प्रस्तुति दिन अहिले नै आमन्त्रण गरिएको समेत जनाइएको छ । ‘उनीहरूको प्रस्तुतिले रंगशालालाई प्रतिभा, ऊर्जा र सांस्कृतिक गौरवले उज्यालो बनायो, जसले दर्शक र आयोजकमा स्थायी छाप छोड्यो’ उनीहरूको प्रस्तुतिको भिडियो सेयर गर्दै सामाजिक सञ्जालमा भनिएको छ, ‘यो केवल नृत्य मात्र थिएन । यो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संस्कृति समुदायको उत्सव थियो ।’
समूहलाई प्रस्तुति दिनुअघि बहादुर गोर्खाली भूमिको स्प्रिटको रुपमा चिनाइएको थियो । त्यसपछि नेपथ्यको बहुचर्चित गीत बज्छ र कलाकारले आकर्षक प्रस्तुति दिन्छन् ।
उक्त समूहले यसअघि चर्चित गायक अतिफ असलमको टेक्सास कन्सर्टको क्रममा पनि प्रस्तुति दिएको थियो । एनबीए खेलको क्रममा दिइएको प्रस्तुतिको भने सामाजिक सञ्जालमा निकै चर्चा भैरहेको देखिन्छ ।
प्रतिक्रिया 4