७ मंसिर, जनकपुरधाम । बज्जिका भाषाको पहिलो उपान्यास ‘प्रतिमा’ का लेखक विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान-२०८२ प्रदान गरिएको छ । सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले सो सम्मान प्रदान गरेको हो ।
शनिबार एक समारोहबीच सो सम्मान ‘निर्विज’लाई जिल्ला समन्वय समिति सर्लाहीका सभापती कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले संयुक्त रुपमा प्रदान गरेका हुन् ।
साहित्यकार ‘निर्विज’ द्वारा लिखित उपन्यास ‘प्रतिमा’लाई २०७९ सालको मधानी महोत्सवमा नेपालका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरेका थिए ।
कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको छ । रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए ।
प्रतिक्रिया 4