+
+
Shares

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७७ वैशाख ४ गते १४:१३

४ वैशाख, विराटनगर । र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीमा युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए ।

यसअघि झापाको हल्दीबारीमा बुधबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ती युवकमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि ती युवकसहित उनको परिवारका सदस्य र आफन्तसहित २१ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । अरुको रिपोर्ट भने आउन बाँकी छ ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेसिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?