+
+

BSIV र BSVI सम्बन्धी टाटा गाडीको तालिम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते २०:०८

२ वैशाख, काठमाडौं । टाटा मोटर्सको नेपालको लागि एक मात्र अधिकारक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्ना कर्मचारीहरुको लागि अनलाईन मार्फत तालिम कार्यक्रम सञ्चालन गरियो ।

उक्त BSIV र BSVI सम्बन्धी तालिम टाटा मोटर्स नेपाल र टाटा मोटर्स भुटान गरेर ५६ कर्मचारीहरुको सहभागितामा रहेको थियो । यस तालिमलाई अन्तर्रा्ष्ट्रिय ट्रेनर तथा (Cummins Engine India) कमिन्स इन्जिनका विज्ञ  श्रीनिवास सिंहले टाटा मोटर्सको सहयोगमा भारतबाट संचालन गरेका थिए। सो तालिम माइक्रोसफ्टको टीम्स भन्ने एपको प्रयोगबाट भएको थियो ।

यो दुइ दिने तालिममा BSIV को गाडीहरुको प्राविधिक तथा सैद्धान्तिक ज्ञान विस्तृत रुपमा दिएको थियो भने निकट भविष्यमा आइरहेका BSVI गाडीहरुको भने परिचित कार्यक्रम रहेको थियो । यस अटो प्राविधिक प्रशिक्षण कार्यक्रममा ग्राहक सेवा विभागमा कार्यरत आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुले सहभागिता जनाएका छन् ।

छोटो सन्देश दिदैं सिप्रदी टाटा मोटर्स कमर्शियल गाडीका ग्राहक सेवा प्रमुख साम्देन लामाले भने,“टाटा मोटर्सलाई धेरै धन्यवाद दिन चाहन्छु । म लगायत मेरो सम्पूर्ण टिमलाई यो लकडाउनको बेलामा समयको सदुपयोग हुनुको साथ साथ अब आउने प्रबिधिको बारेमा महत्वपूर्ण जानकारीहरु पनि प्राप्त भयो ।”

यसका साथै सिप्रदीले हालै सरकारद्वारा जारी गरिएको लकडाउनको नियम पालना गर्दै आकस्मित सेवा प्रदान गर्दै आएका सवारी साधनहरुको लागि २४सै घण्टा सेवा दिइरहेको छ । हालसम्म १६० आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरु सेवा दिइ सकेको कम्पनीले जनाएको छ ।

केही परी आएको अवस्थामा १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गरेर २५ स्थानबाट सेवाका लागि परिचालित कम्पनीको डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?