४ वैशाख काठमाडौं । स्पेनिस फुटबल संघले अब ला लिगा फेरि शुरु नभए शीर्ष चार क्लब अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने प्रस्ताव गरेको छ ।
स्पेनिस फुटबल संघको डेलेगेट कमिसनले बिहीबार ला लिगालगायत विषयमा छलफल गरेको थियो ।
अहिले ला लिगाको अंक तालिकामा शीर्ष चारमा रहेको क्लब नै च्याम्पियन्स लिगमा पठाउने प्रस्ताव गरिएको हो । ला लिगामा अहिले बार्सिलोना पहिलो स्थानमा छ भने रियल मड्रिड दोस्रो, सेभिया तेस्रो र रियल सोसिडाड चौथो स्थानमा छ । सोसिडाड समान अंक भएको गेटाफे पाँचौमा छ भने एट्लेटिको मड्रिड छैटौंमा छ ।
यदि लिग शुरु नभएको यही प्रस्ताव नै अन्तिम निर्णय भए एट्लेटिकोले च्याम्पियन्स लिग गुमाउनेछ । गेटाफे र एट्लेटिको भने युरोपा लिगको लागि छनोट हुनेछ ।
यदि युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले च्याम्पियन्स लिगको लागि टिम मागेमा फेरि लिग शुरु नभएको स्पेनिस फुटबल फेडेरेसनले यही क्लबको नाम पठाउने मार्काले जनाएको छ ।
तर ला लिगामा च्याम्पियन रेलिगेसन र प्रमोसनबारे भने कुनै प्रस्ताव भएको छैन ।
युईएफले यदि आग्रह गरेमा स्पेनिस फुटबल संघले प्रपोजल पठाउने भएको छ । यद्यपी युईएफले अर्को हप्ता ५५ वटै सदस्य राष्ट्रसंग कोरोना भाइरसको प्रभाव र युरोपियन फुटबलको पछिल्लो विकसित घटनाक्रमको बारेमा छलफल गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4