Comments Add Comment

चितवनका २ नमुना शंकास्पद, थप परीक्षणका लागि काठमाडौं पठाइयो

५ वैशाख, चितवन । भरतपुर कोभिड-१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमुना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ ।

बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा दुई जनाको नमुना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

बुधबार र्‍यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोराको नमुना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment