Comments Add Comment

च्याम्पियन्स लिगको फाइनल अगस्ट २९ मा गर्ने तयारी

५ वैशाख, काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल अगस्ट २९ मा गर्ने तयारी गरेको छ ।

युईएफले कोरोना भाइरसको कारण स्थगित भएका फुटबल प्रतियोगिताहरु पुनः सञ्चालन गर्ने विषयमा अप्रिल २३ मा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दैछ ।

सम्भवतः युईएफएको स्वीकृतिपछि युरोपका विभिन्न देशका लिग चाँडै सक्ने गरी निर्णय हुन सक्ने बीसीसीले उल्लेख गरेका छन् ।

युईएफएले उत्कृष्ट खेलका साथ अगस्ट अन्तिमसम्म यो वर्षको सिजन सक्ने सोच बनाएको छ । यसको मतलब च्याम्पियन्स लिगको फाइनल अगस्ट २९ मा टर्कीको स्तानबुलमा हुनेछ र त्यसको तीन दिनअघि जिडान्समा युरोपा लिगको फाइनल हुनेछ ।

त्यो स्थितिमा पुग्नको लागि अहिले दुई परिस्थितिमा तयारी भइरहेको छ ।

पहिलो, क्वार्टरफाइनल र सेमिफाइनलको दुई लेगका खेलहरु सामान्य रुपमा जुलाई र अगस्टमा गर्ने, दोस्रो, खेलहरू घरेलु लिगहरूको अन्त्यपछि एक लिगमा मात्र गर्ने र त्यसका लागि एक हप्ता लामो मिनी टुर्नामेन्ट गरेर सक्ने ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने आठ टिममध्ये चार टिमको टुंगो लागिसकेको छ । म्यानचेस्टर सिटी र रियल मड्रिडको हाइ प्रोफाइल भिडन्त अझै हुन बाँकी छ ।

युरोपा लिगको खेल तालिका तय गर्न भने अलि कठिन छ किनकी अन्तिम १६ को दोस्रो लेगको सबै आठ खेल नै बाँकी छ ।

तर, इटाली र स्पेनिस टिम रहेको दुई खेलको पहिलो लिग नै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment