Comments Add Comment

फुड प्वोइजनिङमा घरेलु ओखती

कहिलेकाहीँ मीठो मसिनो बनाउने क्रममा धेरैथरी खानेकुरा सेवन गर्दा पनि यस्तै समस्या हुनसक्छ । दुषित, विषाक्त वा विजातिय खानेकुरा सेवन पछि फुड प्वोइजनिङ भएमा घरेलु उपचार गर्न सकिन्छ ।

फुड प्वोइजनिङ भएमा पेट दुख्ने, निरन्तर वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, हल्का ज्वरो आउने, मांसपेशी दुख्ने लगायतको समस्या देखिने गर्छ । यस्तो समस्या खाना खाएको २ घण्टाबाट देखिएर ७२ घण्टासम्म रहन सक्छ । यस्तो बेला शरीरमा पानीको कमी हुन नदिन जीवनजल तथा इलेक्ट्रोवियनको सेवन गर्नुु पर्छ ।

कुनै खतरा हुन्छ ?

फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बुढाबुढी, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको संभावना रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।

अदुवा – पाचन प्रणालीको हरेक समस्याको लागी अदुवा एक प्रभावकारी औषधी मानिन्छ । फूड प्वोइजनिङबाट छुटकारा पाउनको लागि अदुवाको चिया बनाएर पिउन सकिन्छ । काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ ।

जीरा– जिरा खानाको सुगन्धित र स्वादिष्ट बनाउको लागि प्रयोग गरिन्छ । एक चम्चा जीरा पिसेर खानामा प्रयोग ग¥यो भने फूड प्वाइजनिङबाट छुटकारा पाउन सकिन्छ । यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन्छ ।

तुलसी : फुड प्वाइजनिङको उपचारमा तुलसी पनि निकै उपयोगी हुन्छ । तुलसीसँग थोरै दही र मरिचको धुलो चाहिन्छ । तुलसीको पात उमालेर त्यसको पानीमा थोरै दही र मरिचको धुलो मिसाएर सेवन गर्न सकिन्छ ।

दही :  फुड प्वाइजनिङ भएमा दही पनि निकै उपयोगी हुन्छ । दहीको घोल बनाएर त्यसमा थोरै सख्खर मिसाउनुपर्छ । उक्त घोल सेवन गर्दा फाइदा पुग्छ ।

कागती : एक गिलास पानीमा कागतीको रस मिसाउने । त्यसमा एक चम्चा मह मिश्रण गरेर सेवन गर्दा पनि लाभ मिल्छ ।

पानी– फूड प्वाइजनिङ हुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ । यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ ।

स्याउ–फूड प्वाइजनिङ हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ । फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ ।

केरा– फूड प्वाइजनिङमा केराको सेवन एकदमै लाभदायक मानिन्छ । झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ । यो पचाउन सजिलो हुन्छ । तर ध्यान राखौ कि दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ ।

  विशेष सावधानी

-सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्ने ।

-खाना खाने र पकाउने भाँडा बर्तन पनि सफा हुनुपर्छ ।

-धेरै मसलेदार, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगरौं ।

-एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment