+
+
Shares

सरकारले भन्यो- शुल्क नतिरेपनि लकडाउनभरि इन्टरनेटको लाइन नकाट्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १५:४१

५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन तथा महामारी रोकथामको लागि सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सुचारु राख्नुपर्नेमा केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेकाको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेको थियो ।

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।

यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधि पश्चात् विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणल सेवा प्रदायकलाई निर्देशन दिएको एक सूचना जारी गरेर जानकारी दिइएको छ ।

पछिल्लो दिनमा इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ । यस्तो समयमा शुल्क नउठ्दा भारतबाट इन्टरनेट खरिद गरेर ल्याएको शुल्क तिर्न समस्या भएको गुनासो सेवा प्रदायकहरुले गर्दै आएका छन् । तर, उपभोक्ता भने घरभित्रै थुनिएकाले सेवा शुल्क भुक्तानीमा समस्या भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?