+
+

पाण्डे चीनका लागि नेपाली राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १७:४४

५ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको जनाएको छ ।

तत्कालीन राजदूत पौड्याल फिर्ता भएसँगै चीन र नेपालबीच कूटनीतिक रिक्तता रहँदै आएको थियो । औपचारिक रूपमै पाण्डेले राजदूतको नियुक्ति पाएसँगै अब यो रिक्तताको अन्त्य भएको छ ।

सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

त्यसपछि संसदीय सुनुवाइ समितिले राजदूतमा पाण्डेको नाम अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?