Comments Add Comment

एर्लिन हालान्ड : अहिलेका शक्तिशाली गोलकर्ता

५ वैशाख, काठमाडौं । यस सिजनमा एर्लिन हालान्डले जति कसैले गोल गरेको छ ? रोवर्ट लेवान्डोस्की र केलियन एमबाप्पे अनि क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीलाई समेत यी १९ वर्षीय स्टारले पछि पारेका छन् ।

लेवान्डोस्कीले ३८, एमबाप्पेले ३०, सिरो इम्मोबाइलले ३०, रोनाल्डोले २९ र मेसीले २४ गोल गरेका छन् ।

नर्वेका यी युवा स्टारले आरबी साल्जवर्गका लागि २८ गोल गरेका थिए । जसमा १६ गोल अष्ट्रेलियन लिगमा ८ च्याम्पियन्स लिगमा र ४ अष्ट्रियन कपमा गरेका थिए ।

त्यसपछि जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका उनले त्यहाँ १२ गोल गरे । जसमा ९ गोल बुण्डेसलिगामा थियो भने २ च्याम्पियन्स लिग र १ गोल डिएफबी पोकलमा थियो ।

एकै खेलमा ९ गोल

साल्जवर्गले जनवरी २०१९ मा मोल्डेबाट हालान्डलाई ५ मिलियन युरोमा अनुबन्ध गरेको थियो । त्यसपछि अष्ट्रियामा उनले हरेक १४९ मिनेटमा गोल गरे ।

उनी पोल्याण्डमा यू– २० विश्वकप खेल्न गए । समूह चरणमा होण्डुरसविरुद्ध नर्वेले १२–० को फराकिलो जित हासिल ग¥यो, जसमा हालान्ड एक्लैले ९ गोल गरे । उमेर समूहको विश्वकपमा एकै खेलाडीले एकै खेलमा ९ गोल गरेको त्यो नै पहिलो पटक हो ।

च्याम्पियन्स लिगमा कीर्तिमान

हालान्डले २०१९–२० को सिजन अष्ट्रियन लिगको शुरुको ६ खेलमा ११ गोल गरेका थिए । तर उनलाई स्टार बनाउने च्याम्पियन्स लिग थियो । उनी च्याम्पियन्स लिग डेब्युमै ह्याट्रिक गर्ने तेस्रो कान्छो खेलाडी बनेका छन् । पछि रोड्रिऊवेले उनलाई पछि पारे । हालान्डले च्याम्पियन्स लिग डेब्युमा जेन्कविरुद्ध ३ गोल गरेका थिए ।

त्यसपछि उनले थप ७ गोल थपे । उनी चयाम्पियन्स लिगको पहिलो सिजनमै १० गोल गर्ने चौथो खेलाडी बने । जस्ट फोन्टेन, रोवर्टो फिर्मिनो र साडियो मानेले डेब्यु सिजनमा हालान्ड भन्दा बढी गोल गरेका थिए ।

अष्ट्रियामा ठूलो सपना

अष्ट्रियामा रहँदा डब्लुएसबी वाटेन्समा आओन काब्रेरा र स्टर्म ग्रासमा हुवान डोमिनगेज हालान्डको विरुद्धमा थिए ।

‘उनी एनिमल हुन्’ काब्रेराले युवा खेलाडीको बारे भने, ‘उनी राहुल जस्तै सधैँ रचनात्मक हुन्छन् । त्यसपछि उनी कति ठूला खेलाडी हुन् भनेर तपाई देख्नुहुन्छ । तपाईं सोच्नुहुन्छ उ बिरामी जस्तो छ तर होइन ।’

‘ज्लाटन जस्तो नभएर पनि उनले मलाई लेवान्डोस्कीको याद दिलाए । उनले कठिनलाई समेत सजिलो बनाउँछन् ।’

यस्तै डोमिनगेजले हालान्डको नम्बर अनौठो खालको देखेको बताए । ‘म देख्छु कि उसको संख्या असाधारण छ । उनले मलाई धेरै छक्क पारे । उनी बौद्धिक छन् र उनले राम्रोसंग लाइनलाई नेतृत्व गर्छन् । उनी ठीक छन् ।’

डर्टमण्डमा आइडल

जर्मनीमा पुग्नेबित्तिकै उनले प्रभाव पार्न थालिहाले । उनले अग्सवर्ग विरुद्ध ५–३ को जितमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर ३० मिनेटमै ह्यट्रिक गरे । त्यसपछि कोलोग्नविरुद्ध २ गोल गरे ।

‘उनी एक मेसिन हुन् । उनले आफ्नो दृश्यमा गोल पाउँछन्’ कोलोग्न जोर्ज मेरेले भने ‘उनले हामीलाई नष्ट नै गरे । उनी मात्रै १९ वर्षको भए । अहिलै महान नम्बर ९ बनेका छन् । सोच्नुस उनी कति टाढा पुग्न सक्छन् ।’

‘उनी करिम बेन्जामा वा आएगो आसपास जस्तो सम्पर्कमा हुँदैनन् । तर उनीसंग धेरै शक्ति छ’ डर्टमण्डका जोस मारिया रेलुसिओले भनेका छन् ।

‘पेनाल्टी क्षेत्रमा उनी गोल गर्ने व्यक्ति हुन्छ । उनी दुवै खुट्टाले सुट गर्न सक्छन् र उनले जे छुन्छन् त्यो नेटको पछाडि पुग्छ’ उनले भनेका छन् ।

रियलमा भविष्य ?

हालान्डको नाम विगत केही महिनादेखि रियल मड्रिडसँग जोडिएको छ, तर बुण्डेसलिगाका मोभिस्टार विज्ञ मिगेल गुटेरेस यसमा पक्का छैनन् ।
‘उनीसँग केही विशेष चिज छ, तर मलाई लाग्छ यो एकदम चाँडो भयो’ गुटेरेजले भने ।

‘हेर, तिनीहरूले उनलाई अनुबन्ध गर्न सक्थे र उनले ३० गोल गर्थे, तर उनी तीन महिना अघिमात्र डर्टमण्ड आइपुगेका थिए र मिनो राइओलाले उनलाई यस समरमा छोड्न गाह्रो हुने बताएका छन् ।’

रियल मड्रिडका पूर्व गोलकिपर एलेक्स क्रानिक्सले मोल्डेमा हालान्डसंगै खेलेका थिए । उनी हालान्ड सान्टियागो बर्नाबेउमा आउनेमा आशावादी छन् । क्रानिक्सले भने, ‘उमेर केवल संख्या मात्र हो र उ धेरै परिपक्व देखिन्छ ।’

(मार्काको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment