+
+
Shares

मिर्गौलाका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते २०:४५

५ वैशाख, काठमाडौं । नियमित डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामीले लकडाउनका समयमा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।

काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्सले मिर्गौलाका डायलासिस गराउने बिरामीसँगै क्यान्सर र अन्य दीर्घ रोगका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्न लागेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार, यस्तो सेवा प्रवाहका लागि ११८० को छुट्टै टेलिफोन व्यवस्था गरिएको छ । यो नम्बरमा मिर्गौला तथा दीर्घ रोगीले एम्बुलेन्सका लागि आग्रह गरेमा काठमाडौं महानगरपालिकाले तत्काल सेवा उपलब्ध गराउने छ ।

त्यस्तै, कोरोना संक्रमित बिरामीको हकमा पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । यस्ता बिरामीले १०२ मा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिनसक्ने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?