Comments Add Comment

संक्रमित छुट्याउन सकस, मस्जिदमा बस्ने १६ जनालाई नै विराटनगर ल्याइँदै

५ वैशाख, विराटनगर । उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १२ जनाको पहिचान गर्न समस्या भएको छ । त्यसैले स्थानीय प्रशासनले १२ भारतीय र चार नेपाली गरी १६ जनालाई विराटनगर पठाएको छ ।

‘नाम नामेसी प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भयो’ उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले भने, ‘त्यसैले १६ जनालाई एम्बुलेन्समा हालेर पठाउँदैछौं ।’

उनीहरु सबै त्रियुगा नगरपालिका–३ स्थित भुल्लेको एक मस्जिदमा भेटिएका थिए । उनीहरुको र्‍यापिड टेष्टमा नेगेटिभ आएपनि विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनीहरु मध्ये १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबै एउटै मस्जिदमा बसेका कारण को पोजेटिभ को नेगेटिभ छुट्याउन गाह्रो भएको प्रजिअ पहाडीले बताए । त्यसैले १६ जनालाई अस्पताल पठाउन स्थानीय प्रशासनले चार वटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

साथै उनीहरुको ट्राभल हिस्ट्रीको खोजी भइरहेको छ । ‘१० दिन उदयपुरकै अर्काे मस्जिदमा र ३० दिनयता अहिले भेटिएको मस्जिदमा बसेको बताएका छन्’ उनले भने ‘हामी ट्राभल हिस्ट्री खोज्दैछौं ।’

कोरोना अस्पतालमा राखिने

उदयपुरबाट ल्याइने कोरोना संक्रमितलाई विराटनगरको कोरोना अस्पतालमा राखिनेछ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेकाअनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएका १२ जनालाई विराटनगरमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा राखिने भएको हो ।

अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्नेछ । ‘उहाँहरु उदयपुरबाट हिँडिसक्नु भएको छ’ मन्त्री घिमिरले भने, ‘कोरोना अस्पतालमा राखेर उपचार गर्छाैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

पूजाको आक्रोश

Advertisment