
७ वैशाख, काठमाडौं । लामो लकडाउनका हिजोआज विपन्न, मजदुर र विद्यार्थीलाई छाक टार्नै मुश्किल भइरहेको छ ।
सरकारले स्थानीय तहले राहत वितरण गर्ने भने पनि शहरी क्षेत्रमा समस्यामा परेका विपन्न र मजदुरसम्म राहतको पहुँच पुग्न सकेको छैन ।
तर काठमाडौंको पुरानो वानेश्वरमा एक समूहले भने समस्यामा परेकाहरुलाई खाना खुवाउने गरेको छ । पशुपति मृगस्थलीमा रहेको गोरखनाथ मन्दिरको टोलीले पुरानो वानेश्वर क्षेत्रमा खाना खुवाइरहेको छ ।
काठमाडौं महानगरपालिको बागबजारमा रहेको ‘क्लब–२८’ ले पनि यसरी नै खाना खुवाउने गरेको छ । राहत वितरण गर्दा वास्तविक पीडितले नपाउने र पीडितले राहत पाए पनि पकाएर खान नसक्ने अवस्था भएका कारण खाना नै खुवाएको ती संस्थाको भनाइ छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4