Comments Add Comment

अफगानिस्तानको राष्ट्रपति कार्यालयका २० कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं । अफगानिस्ताको राष्ट्रपति कार्यालयका २० जनाभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि आइतबार द न्युयोर्क टाइम्सले भने यो संख्या ४० पुगेको बताएको छ ।

अहिलेसम्म अफगानिस्तानको सरकारले भने यस विषयमा केही प्रतिक्रिया दिउको छैन । साथै अफगानी राष्ट्रपति असरफ घानी कोरोना भाइरस संक्रमित भएको वा नभएको भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । शनिबार अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सरकारी अघिकारीलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका २० जना मानिसमा कोभिड–१९ को संक्रमण देखिएको उल्लेख गरेको थियो । बिहीबार अफगानिस्तानको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्वीरमा राष्ट्रपति घानीले इरानी अधिकारीसँग भौतिक दूरी कायम राख्दै भेटघाट गरेको देखिएको थियो ।

अहिलेसम्म अफगानिस्तानमा समग्रमा नौ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र यसबाट ३३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । अफगानिस्तानको कमजोर स्वास्थ्य प्रणालीको कारण धेरै मानिसमा यसको परीक्षण हुन सकेको छैन । यो भाइरस अफगानिस्तानमा तीवं गतिमा बढ्न सक्ने आशंका व्यक्त गरिएको छ । गत मार्च महिनामा अफगानिस्तानमा एक लाख ५० हजारभन्दा बढी मानिस भाइरसबाट प्रभावित क्षेत्रबाट फर्किएको समचार सार्वजनिक भएको थियो । त्यस्तै पाकिस्तानबाट पनि हजारौंको संख्यामा मानिसहरु अफगानिस्तान प्रवेश गरेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment