+
+
Shares

लकडाउनमा भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते ११:५८

८ वैशाख, जनकपुरधाम । भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडाध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ ।

जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाध्यक्षकै पोजेटिभ देखिएपछि उनको प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?