
८ वैशाख, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले न्युजिल्याण्डले अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणको लागि निकै राम्रो काम गरेको बताएकी छिन् । उनले आफ्नो दैनिक प्रेसवार्ताको क्रममा न्युजिल्याण्डले कोरोना भाइरसको संक्रमणलाई लगभग नियन्त्रणमा राखेको दाबी गरेकी छिन् ।
अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसको कारण १२ जनाको मृत्यु भएको छ । जेसिण्डाले आफूलाई प्रत्येक मानिसको स्वास्थ्य अवस्थाको बारेमा फोनमा जानकारी आउने गरेको बताइन् ।
उनले न्युजिल्याण्डमा अहिले सामुदायिक संक्रमण नभएको बताइन् । उनले अप्रिल २८ देखि न्युजिल्याण्डको लकडाउन केही खुकुलो पारिने जानकारी दिइन् ।
त्यसपछि बिस्तारै व्यापार सुरु हुनेछ र सफाइका लागि केही कर्मचारीलाई छुट पनि मिल्नेछ । तर, भौतिक दुरी र घरमा नै बस्नुपर्ने दिशानिर्देश भने कायम रहनेछ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4