Comments Add Comment

द्वन्द्वपीडित तथा अपाङ्ग बालबालिकालाई पलले खुवाए खाना

कोरोना महामारी विरुद्ध सरकारले गरेको लकडाउनको समयमा समस्यामा परेकाहरू नायक पल शाहले सहयोग गरेका छन् । केही दिनअघि चलचित्र प्राविधिकहरूलाई सहयोग गरेका शाहले सोमबार साँखुमा रहेको एक आश्रममा समेत सहयोग गरेका हुन् ।

सो आश्रममा रहेका असहायहरूलाई खाना खुवाउनको लागि उनी आश्रममा पुगेका थिए । द्वन्द्वपीडित तथा अपाङ्ग सेवामा आश्रममा रहेका ५५ असहायहरूलाई उनले खाना खुवाएका हुन् । समाजसेवी विमल पन्तको समूहसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् ।

पलले भने, ‘त्यहाँ दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू हुनुहुँदोरहेछ । उहाँहरूलाई हमीले खाना खुवायौँ । साथै, केही चामल र तरकारीहरू पनि सहयोग गरेका छौँ ।’

पल आफ्नो समाजसेवाको कामले अरूलाई समेत प्रोत्साहित गरेको बताउँछन् । उनले भने, ‘मैले अरू समाजसेवीसँग टिमअप गरेर सहयोग गर्नुको कारण भनेको अरूलाई पनि समाजसेवाको लागि प्रोत्साहित गर्नु हो । अहिलेको समय निकै समस्याग्रस्त छ । यस्तो समयमा हरेकले आफ्नो तर्फबाट अरूलाई सहयोग गर्नु जरुरी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment