+

दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित

२०७७ वैशाख  ८ गते १६:४९ २०७७ वैशाख ८ गते १६:४९
दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित

८ वैशाख, काठमाडौं । आगामी जुन महिनामा तय भएको दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको श्रीलंका क्रिकेटले जनाएको छ । श्रीलंका क्रिकटले सोमबार विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।

यो निर्णय श्रीलंका क्रिकेट र क्रिकेट दक्षिण अफ्रिकाले संयुक्त रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण अफ्रिकाले श्रीलंका टुरमा ३ एक दिवसीय र तीनवटा ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्ने तय भएको थियो ।

अब दक्षित अफ्रिाकाको अर्को भ्रमण मिति पछि तय गरिने भएको छ । अवस्था सामान्य बनेपछि र अन्तर्राष्ट्रिय क्रिकेट पनि खुल्ला भएपछि टुरको तालिका पुनः तय गरिने विज्ञप्तिमा जनाइएको छ ।

कोरोना भाइरस क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय