
८ वैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारको सिफारिसमा सोमबार राष्ट्रपतिले जारी गरेको अध्यादेशको बचाउ गरेका छन् ।
पार्टी स्थायी समिति सदस्य एवं प्रदेश ५ इन्चार्जसमेत रहेका पोखरेलले फेसबुकमा स्टाटस लेख्दै उक्त अध्यादेशको बचाउ गरेका हुन् । उनले ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता भएको भन्दै अनुशासित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन,४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौं, जिम्मेवार बनौं’ उनको स्टाटसमा लेखिएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत मत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4