
बलिउड नायक शाहरुख खानले चलचित्रमा काम नगरेको एक बर्ष भन्दा बढी भयो । कोरोना भाइरसको त्रास फैलनु अगाडि नायक शाहरुख खानले नयाँ चलचित्र घोषणा गर्न लागेको चर्चा बलिउड बजारमा खुबै चलेको थियो ।
अहिले यो रोकिएको छ । तर, पनि शाहरुख खानलाई दर्शकले नयाँ चलचित्र कहिले घोषणा गर्ने भनेर सोधिरहेका छन् ।
सामाजिक संजाल ट्विटरमा शाहरुख खानले दर्शकको प्रश्नको जवाफ दिएका छन् । शाहरुखले जवाफ दिने क्रममा राजकुमार हिरानीसँग काम गर्न लागेको संकेत गरेका छन् ।
हलिउडका दुई निर्देशक पनि राम्रो रहेको भन्दै उनले राजु हिरानी आफ्नो लाग्ने खुलाएका छन् । यसबाट पनि शाहरुखले राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको धेरैले विश्लेषण गरेका छन् ।
एक जना दर्शकले शाहरुखलाई नायक सलमान खानको नयाँ गीतको बिषयमा सोधेका थिए । जसमा, शाहरुखले सलमान कमालको सिंगल र गायक रहेको बताएका छन् ।
शाहरुखलाई लक डाउनमा के सिक्नु भयो भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन–‘यो समयमा हामी केही सुस्त हुन जरुरी छ । २४ घन्टा क्षणिक तृप्त हुनु भन्दा जिन्दगी र प्रकृतिलाई महसुश गर्नु आवश्यक छ ।’
प्रतिक्रिया 4