Comments Add Comment

कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख एक हजार एक सय ५६ पुगेको हो । अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाखको हाराहारीमा पुगेको छ । अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । त्यस्तै स्पेनमा दुई लाख चार हजार नाघेको छ भने इटालीमा पनि एक लाख ८३ हजारभन्दा धेरै मानिसहरु यो भाइरसबाट प्रभावित बनिसकेका छन् । फ्रान्समा पनि भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ ।

अहिलेसम्म विश्वभर भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ७१ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने इटालीमा २४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । फ्रान्समा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ ।

विश्वभर अहिलेसम्म ६ लाख ५९ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् । जर्मनीमा सबैभन्दा धेरै ९५ हजारभन्दा बढी मानिस निको भएका छन् भने स्पेनमा ८२ हजार तथा चीनमा ७७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment