Comments Add Comment

घरमै बसेको बेला नयाँ एवं सिकारुले ध्यान अभ्यास कसरी गर्ने ?

लामो अवधीको घर बसाईलाई कसरी उपलब्धीमुलक बनाउने ? कसरी रचनात्मक बनाउने ? एउटा विकल्प हो, योग–ध्यान अभ्यास गर्ने । योग, ध्यानले शरीरको समूचित व्यायाम हुन्छ । मनलाई शान्त तुल्याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भोलिका दिनमा औषधि खानुपर्ने, उपचार गर्नुपर्ने, अस्पताल धाउनुपर्ने जटिलता आउन दिदैन ।

त्यसैले परिवार नै मिलेर बिहानको समयमा योग, ध्यानको अभ्यास गरौं । तर, कहिल्यै योग वा ध्यान नगरेकाले कसरी गर्ने ? यहाँ केही उपाय सुझाइएको छ ।

 ध्यान गर्ने एकदमै सरल तरिका 

–आरामसँग बस्ने, आफुलाई सहज हुने पोजिसनमा । भुँइमा बस्न अनुकुल नभए  कुर्सी, सोफामा भएपनि पलेटी मारेर बस्न सकिन्छ ।

–आखाँ बन्द गर्ने ।

–सरल र सहज रुपमा सास लिने र छोड्ने गर्ने ।

–आफ्ना सम्पूर्ण ध्यान श्वासप्रश्वास प्रक्रियामा दिने । सास लिएको र छाडेको कुरामा ध्यान दिने ।

–सुक्ष्म रुपमा तपाईंले के अनुभव गर्न सक्नुहुन्छ भने, हरेक भित्र आउने सासले हामीलाई उर्जा दिन्छ । बाहिर जान सासले हामीलाई विश्राम दिन्छ ।

–सास भित्र प्रवेश गर्दा हाम्रो शरीर फैलिने र बाहिर जाँदा खुम्चने भइरहेको हुन्छ । त्यसलाई ध्यान दिने साथै स्वासप्रस्वासको क्रमममा छाती, कुम, पेट आदिमा के कस्तो महसुस हुन्छ त्यसममा ध्यान दिने ।

–सासमा ध्यान नदिदा सासको गतिलाई नियन्त्रण गर्न बल प्रयोग नगर्ने ।

–ध्यानको क्रममा विभिन्न विचार आउन सक्छन्, तिनमान अल्झिने ।

यादव राउत

–सकारात्मक वा नकारात्मक जुनै विचार आएता पनि विचारहरु जोडेर कथा बनाउन तिर नलाग्ने, विचारलाई अवलोकन गर्ने अनि छोड्ने ।

–आफ्नो विचार तथा भावनालाई अवलोकन गर्ने, यसलाई रोक्ने बल नगर्ने, ध्यान बल प्रयोगबाट हुँदैन ।

नोटः यसका साथै युट्युब तथा अन्य माध्यमबाट निर्देशित ध्यानका विधिहरु पनि निशुल्क तथा सशुल्क रुपमा सिक्न सकिन्छ । तर सिकाउने श्रोत भने भरपर्दो भएन भएको विचार गर्नु पर्दछ ।

टेलिभिजन हेरेर योग अभ्यास गर्न कतिको उचित  ?

सामान्य अवस्थाको मानिसका लागि टिभी वा युट्युब बाट हेरेर योग आसनहरु सिक्न सकिन्छ । तर आफ्नो लागि वास्तविक, सहि अभ्यास तथा मार्गनिर्देशनको लागि योग कक्षामा गई योग प्रशिक्षकको सुपरिवेक्षणमा गर्नु बढि फाइदाजनक हुन्छ ।

योग एक जीवनशैली हो । आसनहरु योगको एक सानो तर महत्वपूर्ण पाटो हो । आसनहरुको साथमा योगका अन्य पक्षहरुको सिकाईको लागि प्रशिक्षकको सुपरिवेक्षण आवश्यक पर्दछ ।

बालबच्चाको लागिउपयोगी योग वा ध्यान विधी के हुन सक्छ ?

बच्चाहरुलाई रमाइलो सँगसँगै योग सिकाउनु पर्दछ, जसका लागि केहि संगीतपूर्ण सुर्यनमस्कार, विभिन्न जनावरहरुबाट आएका आसनहरु जस्तै कोब्रापोज, काउपोज, क्याट पोज, क्यामेल पोज, बटरफ्लाई पोज, आदि ।

यसका साथै हरेक आसनसँगै त्यसका फाइदाहरु प्नि जानकारी दिनु पर्दछ र केही समय आसनहरु गरे पश्चात आफ्नो स्वासप्रस्वासमा ध्यान दिँदै ५ देखि १० मिनेटसम्म आँखाबन्द गरेर बसी ध्यान गर्न लगाउन सकिन्छ ।

बुढापाका वा रोगीहरुले कसरी ध्यान अभ्यास गर्न सक्छन् ?

बुढापाका, स्वाथ्यमा केहि समस्या भएका, विशेष स्वास्थ्य अवस्था भएकाहरुले भने आफ्नो फिजिसियनको सल्लाह लिई योग प्रशिक्षकबाट सिक्नु जरुरी हुन्छ ।

ध्यानकालागि कस्तो ठाउँ, समय उपयुक्त हुन्छ ?

–ध्यानका लागि विहानको समय सबभन्दा प्रभावकारी हुन्छ ।

–सफा र शान्त वातावरणमा रहेर ध्यान गर्दा बाहिरको वातावरणले हामीलाई ध्यानको गहिराईसम्म पुग्नबाट रोक्न सक्दैन ।

–ध्यान भनेको एकाग्र हुनुपर्छ मनमा कुनै विचार आउन हुँदैन भन्ने होइन, ध्यानको प्रक्रियामा एकाग्रता होइन ध्यान गरिसके पछि त्यसको नतिजाको रुपमा एकाग्रतालाई पाउन सकिन्छ ।

–ध्यानमा बस्ने बेलामा आफुलाई सजिलो हुने किसिमका कपडाहरु लगाउने, धेरै कसिलो कपडा प्रयोग नगर्ने,

–नियमित रुपमा गर्ने, दैनिक रुपमा विहान र बेलुकी गरी दुई पटक ध्यान गरेमा यसको प्रभाव चाँडै देख्न सकिन्छ ।

–खाली पेटमा ध्यान गर्ने, यदि टन्न पेट भएको बेला ध्यान गर्न खोजियो भने ध्यानको सट्टा निद्राको गहिराईमा पुगिन्छ ।

–ध्यानलाई साधारण रुपमा लिने र हरेक पटकमा १०¬ देखि २० मिनेट जति ध्यान गर्ने आँखा खोल्नको लागि हतार नगर्ने

–ध्यान गर्नुअघि शरीरलाई तन्काउने तथा केहि शारीरिक अभ्यास गरेमा शरीरमा रहेको तनाव घट्नुका साथै ध्यानको गहिराईसम्म पुग्न सहज हुन्छ ।

–सामान्य अवस्थामा एक्लै गरीएको भन्दा समूहमा बसेर गरिएको ध्यान बढि प्रभावकारी हुन्छ, जसकारण आफ्नो अनुभव राम्रो हुनुका साथै नियमित हुनमा समेत प्रेरित गर्दछ ।

अहिले घरमा बालबच्चालाई कसरी ध्यानमा प्रेरित गर्न सकिन्छ ?

बच्चाहरु एकदमै जिज्ञासु र नयाँ चिजहरु गर्न रुचाउने गर्दछन् । धेरैजसो बच्चा टिभी, युट्युब आदिमा देखिएको योग आदि गर्न इच्छुक रहेको पाइन्छ । बच्चाहरुको सिर्जनशिलतालाई अझै विकास गर्नको लागि पनि योग, ध्यानको नियमित अभ्यासलाई जोड दिनु पर्दछ । घरपरिवारका अन्य सदस्यहरुले नियमित रुपमा योगलाई आफ्नो दिनचर्यामा राखेमा बच्चाहरु आफै त्यसप्रति आकर्षित हुन्छन् ।

यसका साथै उनिहरुलाई योग ध्यानका फाइदा तथा त्यसको प्रयोगबाट सफल भएका विश्वविख्यात व्यक्तित्वहरुको जीवनीबारे जानकारी गराउने गर्नाले पनि बच्चाहरुमा योग ध्यानप्रति आकर्षण बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment